मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक १९ बुधबार १९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेसीसहर नगरपालिकाले तोक्यो हातेट्याक्टरको भाडा : प्रतिघन्टा सात सय मात्र 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १९ बुधबार १९:२१:००

बेसीसहर नगरपालिकाले अनुदानमा वितरण गरिएका खेत जोत्ने हातेट्याक्टरको भाडादर तोकेको छ । नगरपालिकामा हातेट्याक्टरको भाडादरमा एकरूपता नभएको र बढी लिएको गुनासो आएपछि अनुदानमा वितरण गरिएका र आगामी दिनमा वितरण गर्ने हातेट्याक्टरको भाडादर प्रतिघन्टा सात सय रुपैयाँभन्दा बढी लिन नपाउने नगरपालिकाले निर्णय गरेको हो । 

बेसीसहर नगरपालिका कृषि शाखाको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाका प्रमुख एवं कृषि व्यवसाय प्रवर्द्धन समितिका संयोजक गुमानसिंह अर्यालले आमकृषकलाई सहज होस् भनेर हातेट्याक्टर वितरण गरिएको भए पनि भाडादरमा एकरूपता नभएको गुनासो आएपछि व्यावहारिक रूपमा दररेट तोकिएको बताए । नगरपालिकाले यसअघि करिब एक सय ८० वटा हातेट्याक्टर वितरण गरेको थियो भने चालू वर्षमा पनि करिब एक सयवटा वितरण गर्ने कार्यक्रम रहेको छ । 

कृषि शाखाको बैठकले उत्कृष्ट मेयर कृषि पुरस्कार वितरण गर्ने, हातेट्याक्टर, मौरीघार, टनेल, कृषि यान्त्रीकरण औजार वितरण गर्ने प्रक्रिया अघि बढाउने र विदेशबाट फर्किएका युवालाई अनुदानमा पक्की टनेल वितरण गर्नेलगायतका निर्णय गरेको बेसीसहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।