मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल खत्री म्याग्दी
२०७७ कार्तिक १९ बुधबार १२:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्नपूर्णका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ कार्तिक १९ बुधबार १२:४५:००

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक लगाएको छ । 

कोरोना महामारी फैलँदै गएको अवस्थामा दसैँ र तिहार पर्वको अवसरमा गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको आगमन बढेपछि गउँपालिकाले पर्यटकीय स्थलहरूमा भ्रमणमा नआउन आह्वान गरेको छ । 

म्याग्दीमा समेत कोरोना संक्रमण बढ्न थालेपछि गाउँपालिकाले तत्कालका लागि गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूमा भ्रमण गर्न रोक लगाएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए । 

उनका अनुसार भ्रमणका लागि आन्तरिक पर्यटकहरूको चहलपहल बढेसँगै संक्रमण फैलिएको ठाउँबाट आउने आन्तरिक पर्यटकहरूमार्फत स्थानीयमा कोरोनाको जोखिम बढेपछि गाउँपालिकाले भ्रमणमा रोक लगाएको हो । 

कोरोना कहरका बीच पछिल्लो समय गाउँपालिकाभित्र रहेका महरेडाँडा, करबाकेली, खोप्रा, बयली, ढाडखर्क, घोरेपानी, पुनहिल, रुप्से, नारच्याङ झरना र विभिन्न स्थानमा रहेका तातोपानी कुण्डहरूमा पर्यटकको चहलपहल बढेको थियो । 

यसअघि घोरेपानीका स्थानीयवासीले समेत भ्रमणमा आउनेहरूबाट कोरोना संक्रमणको जोखिम बढेपछि भ्रमणमा रोक लगाउने निर्णय गरेका थिए । 

गाउँपालिकाले संक्रमणको जोखिम भएका बाह्य जिल्लाबाट आउने व्यक्तिहरूलाई समेत अनिवार्य रूपमा १४ दिन होम क्वारेन्टिनमा बस्न लगाउने निर्णय गरेको छ । 

कोरोना महामारीबाट बच्न र बचाउनका लागि घरबाहिर निस्कँदा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्नसमेत आह्वान गरिएको छ ।