मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १९:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवलाई राष्ट्रपतिले भनिन्-  पार्टी एकता जोगाउन विगतमा जस्तै तपाईंको भूमिका रहोस्

वामदेवको जवाफ : म मात्रै होइन, हामी सबै एकता जोगाउनेगरी विधि–पद्दति स्थापित गर्न लागेका छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १९:१२:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चिन्ता र चासो व्यक्त गरेकी छिन् । मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै भूमिका खेल्न आग्रह गरेकी छिन् ।

‘भेटमा राष्ट्रपतिज्यूले पार्टी एकताप्रति चिन्ता जनाउँदै पार्टी एकता नटुटोस्, एकता जोगाउन तपाईंले पहिले पनि भूमिका खेल्नुभो, अब पनि तपाईंबाट त्यस्तै भूमिकाको अपेक्षा छ भन्ने सुझाब दिनुभएको छ,’ गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले नयाँ पत्रिकासँग भने, ‘म पार्टी एकता जोगाउनै लागिरहेको छु ।  प्रचण्ड, माधव, झलनाथ कमरेड हामी सबै एकता जोगाउने, विधि र पद्धति स्थापित गर्ने कुरामै लागेका छौँ ।’

नेकपाभित्रको पछिल्लो विवाद फेरि उत्कर्षतिर पुगेका वेला राष्ट्रपतिले गौतमलाई बोलाएर दिएको सुझाबलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ ।