१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १८:३४:००

गायक समीर घिसिङ भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । घिसिङले प्रहरी प्रधान कार्यालय नक्साललाई विपक्षी बनाई दायर गरेको मुद्दामा मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले मुद्दाको टुंगो नलागेसम्म पक्राउ नगर्न आदेश दिएको हो । 

‘हाल यी निवेदकले उक्त गीत आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट हटाई आपत्तिजनक ठानिएका शब्दलाई संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवस्थामा अन्य फौजदारी कसुरको अनुसन्धान तहकिकातको प्रयोजनक लागि प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गरी पक्राउ गर्नेबाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीत–संगीतको विषयलाई लिएर पक्राउ गर्ने तथा धरपकड गर्ने काम नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ । 

भिटेनको गीतमा प्रयोग भएका शब्द गलत हुन् वा होइनन् भन्ने कुरा प्रहरीको जवाफ आएपछि अन्तिम निर्णय गर्ने आदेशमा उल्लेख छ । 

आदेशमा प्रहरीलाई यस विषयमा कारण देखाउ आदेशसमेत जारी भएको छ ।