मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बैठक : शोक प्रस्ताव पारित, बुधबार सानेपासहित सबै कार्यालय बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १७:३४:००

कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा नेता केसीले उल्लेख्य योगदान पुऱ्याएको भन्दै निधनप्रति दुःख व्यक्त गरेको हो । 

०१४ सालमा कास्कीमा जन्मिएका नेता केसी कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । केसीको निधनमा शोक प्रस्ताव पारित गर्दै मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि कांग्रेसले गरेको छ । 

यस्तै, कात्तिक १९ गते बुधबार पार्टी केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने प्रस्ताव पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबारै विज्ञप्ति जारी गर्दै सांसद केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।