१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ कार्तिक १८ मंगलबार १६:२५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

तस्करी नियन्त्रण गर्न प्रदेश १ प्रहरीले विशेष अभियान चलाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ कार्तिक १८ मंगलबार १६:२५:००

नेपाल–भारत सीमा क्षेत्रमा  हुने गरेको तस्करी नियन्त्रण गर्न प्रदेश १ प्रहरीले विशेष अभियान थालेको छ । 

नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै अवैध ओसारपसार गर्ने कार्यलाई निरुत्साहित गर्न विशेष अभियान चालेको प्रहरीले जनाएको हो । 

तस्करी निरुत्साहित गराउन नसकेसम्म सीमा क्षेत्रमा हुने चोरी तस्करी प्रभावकारी ढंगले निरुत्साहित हुन नसक्ने भएकाले अभियान नै चालेको प्रदेश १ प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले जनाए । 

प्रदेश १ प्रहरी प्रवक्ता डिएसपी कवीन्द्र कार्कीले लकडाडन र बोर्डर सिल भएको समयमा समेत अवैध ओसारपसार नरोकिएपछि डिआइजी कार्कीले भारतसँग सिमाना जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्रमा कडाइका साथ प्रहरी परिचालन गरिएको बताए । 

सीमा क्षेत्रमा हुनै अवैध ओसारपसारमा अझै पनि प्रहरीहरूको मिलेमतो हुने गरेको छ । यसैले कोरोना महामारीको वेला नेपाल–भारत ‘बोर्डर’ सिल भएको समयमा पनि मनग्य तस्करी भइरहेको छ । 

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ११ चैत ०७६ देखि असोज ०७७ सम्म नेपाल प्रहरीबाट मात्र १० करोडबराबरको भन्सार छली गरेका मालवस्तु पक्राउ गरेर भन्सार दाखिला भएको छ ।