अक्टोबरमा भारतको बेरोजगारी दर ६.९८ पुग्यो
कोभिड– १९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर भारतमा सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९८ प्रतिशतमा पुगेको छ । भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रबुद्धहरूको केन्द्र (सिएमआइई)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगारी बढेको उल्लेख छ ।
सोमबार साँझ जारी सिएमआइईको तथ्यांकअनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भए पनि अक्टाेबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ । सहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ । त्यस्तै, ग्रामीण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले जनाएको छ ।
रोजगार संख्याको विपरीत अक्टाेबरमा सामान तथा सेवा कर संकलनमा फेब्रुअरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ ।