मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्लाह गरेर पार्टी अलग गरौँ भन्ने कुरा जहाँबाट आएको भए पनि सही होइन : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार ११:३७:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह नै गरेर भए पनि पार्टी अलग गर्ने भनी आएको कुरा सही नभएको जनाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले त्यस विषयलाई व्यक्तिगत कटुतासहितको विषय बनाउनेभन्दा उक्त विषयलाई छलफल, बहसबाट सकारात्मक निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका हुन् । 

उनले देश र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ तथा रूपान्तरणमुखी छलफल गर्न आवश्यक रहेको जनाएका छन् । 

उनले लेखेका छन्, ‘सल्लाह गरेर पार्टी अलग–अलग गरौँ भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर, त्यसमा अन्तर्निहित एउटा पक्ष, अर्थात् व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔँ भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्काे सन्दर्भमा सकारात्मक रूपले प्रयोग गरौँ । पार्टीभित्रको छलफल, बहस र अन्तर्संघर्षलाई व्यक्तिगत गालीगलौज र आरोप–प्रत्यारोपको रूप नदिऔँ ।’

उनले थप लेखेका छन्, ‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति, प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रूपान्तरणमुखी छलफल गरौँ । तैँ चुप मै चुप नगरौँ, तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा तथा गालीगलौज पनि नगरौँ ।’

उनले पार्टी एकताको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।