मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १८ मंगलबार ०८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद एवं वरिष्ठ उद्योगपति केसीको निधन 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १८ मंगलबार ०८:१६:००

संघीय सांसद सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्यसमेत रहेका सांसद केसीको पोखराको मुस्ताङचोकस्थित आफ्नै घरमा गएराति १०:३० बजे निधन भएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पुष्टि गरेका छन् ।

विगतमा मिर्गाैला प्रत्यारोपण गरेका केसीलाई मधुमेहलगायतका समस्या थियो । सोमबार राति एक्कासि बिरामी परेपछि चरक मेमोरियल अस्पतालमा लैजाने तयारी गर्दै गर्दा उनकाे निधन भएको हो । 

केसीले औद्योगिक प्रतिष्ठान मात्र होइन, यहाँको शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको उन्नति र प्रगतिका लागि समेत महत्वपूर्ण योगदान दिएका छन् ।  केसी तत्कालीन नगर पञ्चायतका प्रधानपञ्च, वरिष्ठ उद्योगपति, नेपालमै पहिलो चाउचाउ राराको उत्पादनकर्ता, माछापुच्छ्रे बैंकका संस्थापक, विगतमा राप्रपाका केन्द्रीय कोषाध्यक्षसमेत भएका र पहिलो संविधानसभामा सभासद् रहेका उनी पछिल्लो समय संघीय संसद्को निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट संघीय सांसद बनेका हुन् । 

उनको मंगलबार नै पोखराको शान्तिघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जानकारी दिएको छ ।