१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १६ आइतबार २१:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशी–विदेशी प्रतिक्रियावादीको चाहना पूरा गर्ने कार्य कसैबाट नहोस्, समयमै सोचौँ : नेकपा प्रवक्ता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १६ आइतबार २१:१६:००

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरूको चाहना र जनादेशविरुद्ध हुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न आह्वान गरेका छन् । उनले भनेका छन्,  ‘जान वा अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरूको चाहना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौँ ।’

श्रेष्ठको स्ट्याटस जस्ताको तस्तै
हाम्रो पार्टी एकता महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहिनेत पसिना लगाएर हासिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरूको चाहना र जनादेशविरुद्ध हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔँ र आ–आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौँ । पार्टीको बैठक बसौँ र सबै पक्षहरूका बारेमा खुला छलफल गरौँ । पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी  पार्टी निर्माण एवं सञ्चालनसम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भए पनि अहिले नै  त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखा परिसकेको छैन । 

तसर्थ यतिवेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन । व्यक्तिवाद,अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौँ र सकारात्मक निष्कर्ष निकालौँ । जान वा अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरूको चाहना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौँ ।