मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस?एएनआई
२०७७ कार्तिक १६ आइतबार १३:१२:००
Read Time : < 1 मिनेट
विश्व

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

Read Time : < 1 मिनेट
रासस?एएनआई
२०७७ कार्तिक १६ आइतबार १३:१२:००

टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले जनाएका छन् । भूकम्पको धक्का छिमेकी देशहरूमा समेत महसुस भएको उल्लेख छ । 

तैपनि ती देशहरूमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाए । टर्कीको इज्मिर सहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यो सहरमा अहिले पनि खोजी तथा उद्धार जारी छ । भूकम्पका कारण अहिलेसम्म आठ सयजना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपत् व्यवस्थापन कार्यालयले जनाएको छ ।  

भूकम्पपछि सयौँपटक परकम्प महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत सम्बाेधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी आइतबार दिएका हुन् । उनले खोजी तथा उद्धार भइरहेको र सबैजना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरे । उनले त्रसित नहुन र सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरे । 

यहाँका  दर्जनौँ घर भत्केको विवरणहरू आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ । शुक्रबार नै अधिकारीहरूले धेरै मानिस पुरिएको हुन सक्ने बताएका थिए । तर, आइतबार भने मृत्यु हुनेको संख्या ४२ पुगेको जनाइएको हो ।