मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका महोत्तरी
२०७७ कार्तिक १६ आइतबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी भण्डारी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७७ कार्तिक १६ आइतबार ११:५९:००

नयाँ पत्रिकाकर्मी रञ्जन भण्डारी सम्मानित भएका छन् । उनलाई प्रवासी मिथिला समाज कल्याणले सम्मानस्वरूप २५ हजार १० रुपैयाँ तथा गम्छा ओढाएर सम्मान गरेको हो ।

महोत्तरीबाट सक्रिय पत्रकारिता गर्दै आएका नयाँ पत्रिकाकर्मी भण्डारीले मधेस आन्दोलन, कोरोना महामारीमा नियमित र खोजमूलक पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको समाजका संस्थापक सदस्य रवीन्द्र उदासी मालीले बताए ।

कुनै औपचारिक कार्यक्रम तथा पूर्वजानकारीविना अचानक सडकमै पाएको सम्मानले आफूमाथि जिम्मेवारी थपिएको पत्रकार भण्डारीले बताए ।

समाजका संस्थापक सदस्य रवीन्द्र उदासीले समाचारका लागि सडकमै भौँतारिने, दिनरातको पर्वाह नगरी खटिने सञ्चारकर्मीको सम्मान बन्दकोठामा नभएर सडकमै, सबैले देख्नेगरी हुनुपर्ने सोचेर आफूहरूले पत्रकार भण्डारीलाई सडक नै सम्मान गरेको बताए ।