मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १६ आइतबार १०:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती प्रदेश सरकारले धुलो दूध उत्पादन उद्योग स्थापना गर्दै

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १६ आइतबार १०:४५:००

बागमती प्रदेश सरकारले धुलो दूध उत्पादन उद्योग स्थापना गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१० स्थित सिसौघारीमा उद्योगको स्थापना गर्ने भएको हो । 

धुलो दूध उत्पादनका लागि बारा, पर्सा, रौतहट, चितवन र मकवानपुरका गरी ५ हजार ६ सय कृषकबाट उद्योगले दैनिक ६० हजार ५ सय लिटर दूध संकलन गर्ने प्रदेश दुग्ध विकास बोर्डको अनुमान छ । मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भइसकेपछि करिब ८० जनाले रोजगारी पाउनेछन् । 

उत्पादित धुलो दूधको प्याकिङ दैनिक ५ मेट्रिकटन सातवटै प्रदेशका स्थानीय बजार, होटेलहरू र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

करिब दुई बिघा दुई कट्ठा जग्गामा उद्योगको प्रशासकीय भवन र प्लान्ट निर्माणका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बोलपत्र आह्वान गरिसकेको मन्त्रालयका प्रवक्ता डा. शरण पाण्डेले बताए । 

४५ करोड १२ लाख लागतमा उद्योग स्थापनाका लागि प्रदेश दुग्ध विकास बोर्डलाई रकम हस्तान्तरण गरिसकेको पाण्डेले बताए । उनका अनुसार उद्योगले आगामी आर्थिक वर्ष ०७८÷७९ मा दैनिक ५ मेट्रिकटन धुलो दूध उत्पादन गर्ने बोर्डले लक्ष्य लिएको छ ।