१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ कार्तिक १५ शनिबार २०:०४:००
Read Time : > 2 मिनेट
विश्व

राष्ट्रपति ट्रम्पद्वारा अर्को विवादास्पद टिप्पणी : कोरोनाले ज्यान गुमाउँदा डाक्टरलाई फाइदा

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ कार्तिक १५ शनिबार २०:०४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षीय कार्यकाल सकिन केही दिन मात्र बाँकी छ । यो चार वर्षको अवधिमा ट्रम्पले मित्रताभन्दा शत्रु कमाएका छन् । यसको एउटै कारण हो, सधैँ व्यक्तिमाथि लक्षित गरी विवादास्पद टिप्पणी दिनु ।

दोस्रोपटक राष्ट्रपति हुने महत्वाकांक्षा राखेका ट्रम्प चुनावी दौडमा छन् । ट्रम्प चुनावी अभियानमा सक्रियताका साथ सहभागी हुँदा कोरोना भाइरस रोकथामका लागि खासै पहल भएको छैन । अमेरिकामा पछिल्लो समय संक्रमित संख्या ह्वात्तै बढेको छ । अमेरिकन नागरिकलाई कोरोना भाइरस टाउको दुखाइ बनिरहेको वेलामा ट्रम्पले यसलाई हल्का रूपमै लिएका छन् । यद्यपि ट्रम्प स्वयं संक्रमित भइसकेका छन् । संक्रमित हुँदा अपनाउनुपर्ने सबै विधि त्यागेर एक साता पनि अस्पतालमा नबसी ट्रम्प ह्वाइटहाउसमा आएका थिए । 
यसैबीच ट्रम्पले कोरोना भाइरससँगसम्बन्धी रही डाक्टरहरूमाथि नै आरोप लगाएका छन् । मिसिगनमा आयोजित चुनावी ¥यालीमा ट्रम्पले सम्भवतः सबै डाक्टरलाई निराश पार्ने किसिमको अभिव्यक्ति दिएका छन् । कोरोना भाइरसले मासिनले ज्यान गुमाउँदा त्यसको फाइदा डाक्टर र चिकित्सकहरूलाई हुने ट्रम्पको दाबी छ । ‘मेरो अध्ययन र अनुभवमा जति–जति कोरोना भाइरसका कारण मानिसले ज्यान गुमाइरहेका छन्, त्यति नै डाक्टरले फाइदा लिइरहेका छन्,’ ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने । ट्रम्पले डाक्टरलाई आरोप लगाए पनि कसरी चिकित्सकलाई फाइदा हुन्छ भनि स्पष्ट भने पारेका छैनन् । डाक्टरलाई घाटामा राख्न नै आफू अस्पतालबाट ह्वाइटहाउसमा आएको उनले बताए । ‘त्यही कारण थियो म ह्वाइटहाउसमा आएको,’ उनले भने । 

न्युज एंकरलाई पनि छाडेनन्
मिसिगनको ¥यालीमा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले पछ्याएका छन् । यसबीच ट्रम्पले न्युज एंंकरलाई पनि छाडेनन् । ट्रम्पको ड्यासअगाडि नै फोक्स समाचार एजेन्सीका चर्चित एंकर लाउरा इन्ग्राम मास्क लगाएर बसेका थिए । त्यहीबाट उनले ट्रम्पको चुनावी ¥याली अपडेट गरेका थिए । ट्रम्प लाउरातर्फ हेर्दै भने, ‘तपाई समाचार भन्ने व्यक्तिले निकै राम्रो काम गर्नु भइरहेको छ, मास्क लगाउनुभएको रहेछ, मास्क लगाउँदैमा कोरोना भाग्छ ?’

ट्रम्पले डेमोक्रेटिकहरूको आधिपत्य रहेको राज्यका गभर्नरलाई घुमाउरो पाराले कोरोनाका लागि उत्कृष्ट काम गरेको बताए । ‘म हेर्छु, डेमोक्रेटिक राज्यमा गभर्नरले सबैतिर लकडाउन गरेका छन्, यहाँ प्रतिबन्धबाहेक अरू केही काम गरेको छैन जस्तो लाग्छ,’ उनले भने । लकडाउनले मात्र कोरोना महामारी नरोकिने ट्रम्पले जनाए । अमेरिकालाई थप समृद्धितर्फ अग्रसर गर्न त्यस्ता नराम्रो निर्णय तत्कालै हटाउनुपर्ने र अमेरिकन नागरिकलाई स्वतन्त्रपूर्वक हिँड्न दिनुपर्ने उनको भनाइ छ । भन्छन्, ‘अमेरिका र नागरिकलाई लकडाउन गरी के फाइदा हुन्छ, के यसले महामारी समाप्त पार्छ ? विनामास्क लगाएर नै यसविरुद्ध लडाइँ लड्नुपर्छ जुन मैले गरिराखेको छु ।’ ट्रम्पको यो अभिव्यक्तिमा हजारौँ समर्थकले ताली बजाएर समर्थन जनाएका थिए । मिसिगनमा सहभागी भएका ट्रम्पका समर्थकले मास्क नै लगाएका थिएनन् । 

ट्रम्पका सहयोगीले पनि विनामास्क ¥यालीमा सहभागिता जनाएका थिए । यद्यपि ट्रम्पका सहयोगी पनि संक्रमित भइसकेका छन् । समर्थकले मास्क नलगाए पनि भौतिक दूरी कायम राखे । ट्रम्पले पहिलोपटक हातमा कालो ग्लोब्स लगाएका थिए ।

प्रत्याशी वाइडेन चुप बसेनन्
ट्रम्पले चिकित्सकहरूप्रति विवादास्पद टिप्पणी गरेको केही समयमै डेमोक्रेटका उम्मेदवार वाइडेनले मिनेसोटामा चुनावी ¥याली आयोजना गरेका थिए । ¥यालीमा वाइडेनले ट्रम्पलाई उत्तर दिएका थिए । राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यकाल असफल भएको र उनले कोरोना भाइरस रोकथाम गर्न केही काम नगरेको दाबी गरेका छन् । 

कोरोना महामारी रोक्न नसकेका ट्रम्पले यसको सबै दोष फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सकलाई दिएको वाइडेनले आरोप लगाएका छन् । वाइडेन भन्छन्, ‘अमेरिकामा हरेक दिन सयौँको ज्यान गइरहेको छ, कसैको मृत्यु हुनु राम्रो होइन, यसमा हामी सबैले समवेदना दिनुपर्छ, तर ट्रम्पलाई यसप्रति केही भावना नै छैन, उनले आफ्नो असफलता सवै चिकित्सकको टाउको माथि राखे ।’ 

आफ्नो जीवन नै मृत्युको मुखमा राखेर काम गरिरहेका डाक्टर र चिकित्सकहरूलाई सलाम गर्नुपर्ने वाइडेनले बताए । ‘अमेरिकामा मात्र हरेक राष्ट्रका डाक्टर र चिकित्सकले आफ्नो ज्यान नै जोखिममा राखेर काम गरिरहेका छन्, उनीहरूको सम्मान गर्नुपर्छ,’ उनले भने, ‘ट्रम्पको अभिव्यक्तिप्रति मलाई हाँसो आउँछ ।’ 

ट्रम्प संक्रमित हुँदा नै चिकित्सकको मिहिनेत कारण ज्यान बचेको वाइडेनले बताए । ‘ट्रम्प कोरोना संक्रमित हुँदा कसले हेरेको थियो ? डाक्टरहरूको मिहिनेतकै कारण ट्रम्प आज जीवित छन्, यदि डाक्टरहरूले नहेरेको भए ट्रम्प कहाँ हुन्थ्यो होला ?’ वाइडेनले भने ।