मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ कार्तिक १५ शनिबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जानकी मेडिकल कलेजको इमर्जेन्सीबाहेक सबै सेवा दुई सातादेखि ठप्प

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ कार्तिक १५ शनिबार १८:२१:००

कर्मचारी र व्यवस्थापन पक्षबीचको विवादका कारण धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजको इमर्जेन्सीबाहेक सबै सेवा दुई सातादेखि ठप्प रहेको छ । दुई महिनाको तलब र ६ वर्षको सञ्चय कोषको रकम बाँकी रहेको भन्दै कर्मचारी कामकाज ठप्प गरी धर्नामा बसेका छन् । 

आन्दोलित कर्मचारीले कलेजका पठनपाठन, शिक्षण अस्पतालका ओपिडी, प्रशासन, लेखासहितका सबै शाखा बन्द गराई कलेजकै प्रांगणमा धर्नामा बसेका छन् । सञ्चय कोष र बाँकी रहेको तलब माग्दा कलेज प्रशासनले पाँचजना कर्मचारीलाई जागिरबाट हटाएको उनीहरूको आरोप छ । 

केही दिनअघि कलेज प्रशासनले उमेश यादव, राजनारायण यादव, जयकुमार यादव, अन्जु पटेल र वीरेन्द्रकुमार झालाई प्रशासनलाई नटेरेको तथा कार्यमा लापरबाही गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।  उमेश यादव कलेजका  कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष हुन् । तलब र सञ्चय कोषको तलब माग्दा कलेज प्रशासनले स्पष्टीकरण सोधेको अध्यक्ष यादवले आरोप लगाए । 

कलेज प्रशासनले लकडाउनको अवधिमा पनि नियमित तलब दिँदै आएको भए पनि कर्मचारीभित्रैका केही व्यक्तिले कजेललाई क्षति पुऱ्याउने उद्देश्यले कलेजमा राजनीति गर्न खोजेको आरोप लगाए । कलेजलाई नै धराशायी बनाउने उद्देश्यले केही कर्मचारीले आफ्ना स्वार्थ सिद्ध गर्न कर्मचारीलाई उचालेर आन्दोलन गराएको कलेजका प्रमुख प्रशासक दयानन्द झाले आरोप लगए ।

‘कलेजलाई करिब डेढ अर्ब रुपैयाँ ऋणभार छ,’ प्रशासक झाले भने, ‘लकडाउनका कारण कलेजले मासिक डेढ करोड रुपैयाँ क्षति सहेर पनि कर्मचारीकै समस्या बुझेर नियमित तलब दिँदै आएका थियौँ । विभिन्न कारण उनीहरूलाई दुई महिनाको तलब दिन सकेनौँ । तर, त्यसलाई विषय बनाएर अस्पतालमा आन्दोलन गर्ने, कजेलमा तोडफोड गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? ।’

चालू आर्थिक वर्षमा कलेजलाई नेपाल मेकिडल काउन्सिलबाट ७० सिट स्वीकृत दिइएको छ । आन्दोलनको कारण कलेजको आम्दानी नै रोकिएपछि कर्मचारीलाई तलबसमेत दिन समस्या हुने उनले बताए ।