मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १५ शनिबार १८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ बानेश्वरस्थित अल्फा केयरमा पिसिआर परीक्षण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १५ शनिबार १८:०३:००

नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोभिड– १९ को पिसिआर परीक्षण सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्डअनुसार परीक्षण सुरु गरेको हो । 

अल्फा केयरका प्रबन्ध–निर्देशक प्रा.डा. विदुर वस्तीले सबै प्रक्रिया पूरा गरी पिसिआर परीक्षणको गुणस्तरीय सेवा प्रदान गर्न सुरु गरेको बताए । युएस एफडिए स्वीकृत मेसिन र युएस एफडिएको माकुरा कम्पनीले तयार गरेको किट प्रयोग गरी पिसिआर परीक्षण भइरहेको छ । 

संस्थामा एमडी, एमएस गरेका मेडिकल डाक्टर तथा माइक्रोबायोलोजी अध्ययन गरेका दक्ष व्यक्तिबाट सेवा दिन सुरु गरेको अल्फा केयरले जनाएको छ । गुणस्तरीय ल्याब र किटको प्रयोग गरी पिसिआर सुरु गरेको अल्फा केयरले जनाएको छ । 

ल्याबसम्म आउन समस्या भएका व्यक्तिलाई सुरक्षा सावधानी अपनाएर घरमै सेवा दिने अल्फा केयरले जनाएको छ । सरकारले तोकेको मापदण्डअनुसार गुणस्तरीय सेवा दिने र सरकारले निर्धारण गरेको शुल्कमा पिसिआर परीक्षण हुने अल्फा केयरका प्रबन्ध–निर्देशक गिरीले बताए । दुईवटा मेसिनबाट दैनिक एक हजार दुई सय परीक्षण गर्न सक्ने क्षमता रहेको छ । सो ल्याबले रिपोर्ट बिहानदेखि दिउँसो १ बजेसम्म संकलन भएका स्वाबको बेलुका पाँच बजे रिपोर्ट दिने जनाएको छ । माग बढेमा क्षमतासमेत बढाउन सकिने जनाएको छ । 

नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको १५ हजार वर्गमिटर क्षेत्रफलमा ल्याब सञ्चालन भएको छ । डायग्नोस्टिक सेन्टर भएकाले अन्य सेवासमेत गुणस्तरीय प्रदान गर्ने अल्फा केयरले जनाएको छ । अल्फा केयरमा रहेको फार्मेसीमार्फत औषधिसमेत गुणस्तरीय प्राप्त गर्न सकिने अल्फा केयरले जनाएको छ ।