१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १५ शनिबार १६:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १५ शनिबार १६:५१:००

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । 

आजको छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन्।

११ दिनपछि संवादहीनता तोड्दै शनिबार दिउँसो प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका प्रचण्डले निष्कर्षविहीन छलफल चलाउनुभन्दा सचिवालयकाे बैठक बोलाएर पार्टीभित्रका विवाद समाधान गर्न  प्रस्ताव राखेको प्रचण्ड सचिवालयले जनाएको छ । 

आजको बैठकमा प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता, पर्सामा कार्यकर्ता हत्या प्रकरण, कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद, स्थायी कमिटीले अघि सारेका एजेन्डामाथि छलफल भएको स्रोतले बतायो।

प्रधानमन्त्रीको भारतीय गुप्तचर प्रमुखसँगको भेट, राजदूत नियुक्ति, मन्त्री नियुक्ति एकलौटी गरेको, कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद, पर्साका जिल्ला नेता महेश चौरसियाको मृत्युलगायतका विषयले नेकपाभित्र नयाँ विवाद सिर्जना गरेको छ । 

साथै स्थायी कमिटीले सरकारको समीक्षासहित मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमतिअनुसार सरकार अघि बढ्ने भनिए पनि प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढेपछि अध्यक्षद्वयबीच सम्बन्ध चिसिएको थियो ।