१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १५ शनिबार १६:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

हास्य टेलिसिरियल ‘सक्किगो नि...’ ले छाड्यो नेपाल टेलिभिजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १५ शनिबार १६:४७:००

हास्य टेलिसिरियल ‘सक्किगो नि...’  आगामी २० मंसिरबाट पुनः प्रसारणमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो टेलिसिरियल कोरोना महामारीपछिको लकडाउनसँगै बन्द भएको थियो । पुनः प्रसारण हुन लागेको यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन । 

टेलिसिरियलका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार  टेलिसिरियल अब हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । पुरानै कलाकार र पुरानै विषयवस्तुमाथि बन्ने सिरियल प्रसारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घिमिरेले बताए । उनले भने, ‘हरेक शृंखलाका लागि नेपाल टेलिभिजनमा दुई लाख ५५ हजार रुपैयाँ तिर्दै आइरहेका थियौँ । हिमालय टेलिभिजनमा त्यो ब्रोडकास्ट चार्ज तिर्नु नपर्ने भएको छ ।’

प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडकास्टका लागि तिर्नु नपर्ने भएपछि धेरै सहज हुने घिमिरेको आकलन छ । तर, युट्युबमा भने पुरानै च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ । ‘हामीले हिमालय टेलिभिजनलाई टिभीमा प्रसारणको मात्र अधिकार दिएका हौँ,’ घिमिरेले भने ।