१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १५ शनिबार १२:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठ चोरी गर्न साइकलको स्वरूप नै परिवर्तन !

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १५ शनिबार १२:४८:००

रौतहटमा वनबाट काठ चोरी गर्ने समूह सक्रिय भएकाे छ । 

वृन्दावनका स्थानीयवासीले दिएकाे जानकारीअनुसार जिल्लाको वृन्दावन क्षेत्रको बलेरी वनमा काठ चोरी गरेर बिक्री–वितरण गर्न ३० जना  युवाको समूह सक्रिय छ। 

बलेरी वनमा काठ चोरी गर्नका लागि सर्लाहीका युवासमेत सक्रिय भएर लागेको स्वयं वनका कर्मचारीले बताउँदै आएका छन् । 

रौतहट र सर्लाहीका काठ तस्करले बलेरीको जंगलमा दिनदहाडै काँचा सालका रूख काट्ने र रातिको समयमा गोलिया बनाएर साइकल तथा मोटरसाइकलमा राखेर बिक्री गर्न लैजाने गर्छन् । 

बलेरी जंगलमा धेरै नाका भएका कारण काठ तस्करले कुन नाकाबाट काठ लैजान्छन् भन्ने ठेगान नहुने वन डिभिजन कार्यालय वृन्दावनका सशस्त्रका वन रक्षक कम्रे आलमले बताए ।

काठ तस्करले दुईवटा साइकलको स्वरूप नै परिवर्तन गरेर तस्करीमा सक्रिय रहँदै आएको भए पनि वन कार्यालयले तस्करलाई पक्राउ गर्न सकेको छैन । 

पहिला टायर गाडा र ट्याक्टरमा हुने काठ तस्करी पछिल्लो समय साइकल र मोटरसाइकलमा हुने गरेको छ । 

डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले सो स्थानमा सर्लाही र रौतहटकै काठ तस्करले दुःख दिन थालेका कारण वन कर्मचारी चनाखो भएर तस्कर पक्राउ गर्न सक्रिय रूपमा लागेकाे बताए । 

लकडाउनको समयमा जिल्लाका चुरे फेदी, चोचा क्षेत्रको वन र जंगल क्षेत्रबाट काठ तस्करी बढेको गैँडाटारका स्थानीय बासिन्दा वसन्त लामाले बताए । 

चोचा क्षेत्रको वनमा दिउँसै जंगल पसेर सालका रूख काट्ने तस्करलाई धेरैपटक काठसहित बरामद गरेको डिभिजन वन कार्यालयका प्रमुख सिंहले बताए । 

स्थानीयले भने वन कर्मचारीको फितलो गस्तीका कारण जिल्लाको घना वन दिन प्रतिदिन नासिँदै गएको गुनासो गरे । 

सालको काठ महँगो र गाउँघरमै सजिलै बिक्री हुने भएकोले बेरोजगार युवाहरूको ध्यान जंगलतिर जान थालेको बलेरीका स्थानीय बासिन्दा उमेश पण्डितले बताए ।