१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७७ कार्तिक १५ शनिबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनजनाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७७ कार्तिक १५ शनिबार १२:०२:००

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मालुमेलास्थित जंगलमा शनिबार बिहान दुईजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको गोदावरी नगरपालिका– ११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउदको शव भेटिएको हो ।

दुवैजना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर थिए । बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । 

‘दुवैजना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ,’ थापाले भने, ‘घटनास्थलनजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।’ 

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरिया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

नदी किनारमा शव फेला
कञ्चनपुरको महाकाली नदीमा शनिबार बिहान भीमदत्त नगरपालिका– ६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मंगलबार साथीहरूसँग दोधारा–चाँदनी झोलुंगे पुल घुम्न गएका वेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए ।

प्रहरी प्रवक्ता थापाका अनुसार झोलुंगे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्ता भएपछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटे पनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । राससका अनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।