१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ कार्तिक १४ शुक्रबार २१:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धापासीमा छुरा प्रहारबाट युवकको हत्या 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १४ शुक्रबार २१:१४:००

धापासी हाइटमा शुक्रबार २५ वर्षीय आशिष मगरको हत्या भएको छ । हत्यामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्ने २५ वर्षीय ग्यान्टे भनिने दिवश अधिकारी र रवि मगर रहेका छन् । प्रहरीका अनुसार उनीहरूले छुरा प्रहार गरी आशिषको हत्या गरेका थिए । 

उनको उपचारका क्रममा  चिरायु अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न अन्य दुई भने फरार रहेको प्रहरीको भनाइ छ । 

अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका अनुसार आशिषको छातीमा छुरा प्रहार भएको छ । मुटुमा चोट पुगेकाले उनको धेरै रक्तश्राव भएको हो । सोही कारण उनको मृत्यु भएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । 

‘मृतकको छातीमा छुरा प्रहार भएको देखिन्छ । चोट मुटुसम्म पुगेकाले रगत धेरै बगेको देखिन्छ । उनलाई उपचारका लागि अस्पताल त लगियो । तर, बचाउन सकिएन,’ महाशाखा प्रमुख एसएसपी थापाले भने ।

प्रहरीका अनुसार मृतक घरमा रङ लगाउने कार्यमा संलग्न छन् । हत्यामा संलग्न भने लागुऔषध गाँजाको दुर्व्यसनी रहेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न अन्य दुई पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने  एसएसपी थापाले बताए ।