मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस/एएनआई वासिङ्टन
२०७७ कार्तिक १४ शुक्रबार १६:०६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इन्स्टाग्राममा चार घन्टा लाइभ गर्न मिल्ने सुविधा थपिँदै

Read Time : < 1 मिनेट
रासस/एएनआई वासिङ्टन
२०७७ कार्तिक १४ शुक्रबार १६:०६:००

फोटोहरू राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने भएको छ । 

यसअघि एक घन्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरूले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरूलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ । 

त्यसबाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरू वा त्यस्तो प्रसारण गर्न चाहनेहरूलाई उपयोगी हुने कम्पनीका अधिकारीहरूको विश्वास छ । 

‘तपाईंको भिडियो अर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, अर्काइभमा भएको वेलामा तपाईंले मात्रै हेर्न सक्नुहुन्छ,’ इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

अर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ । 

इन्स्टाग्रामले यो विषेशता अहिले नै लागू भइनसकेको र चाँडै नै लागू हुने पनि जानकारी दिएको छ ।