मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस/एएफपी
२०७७ कार्तिक १३ बिहीबार १६:५१:००
Read Time : > 1 मिनेट
विश्व

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई पुनः जेल सजाय

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ कार्तिक १३ बिहीबार १६:५१:००

दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले घुस लिएको तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।

यो फैसलाले पूर्वराष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभए उनले जेलमा नै मृत्यु पर्खनुको विकल्प छैन । उनलाई जेलमा फिर्ता लान प्रहरी सियोलस्थित उनको घरमा पुगेको थियो । 

योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण देखाउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए । उनको अनुरोधलाई प्रहरीले आगामी सोमबार हिरासतमा लिने गरी मानेको छ । अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरूप दक्षिण कोरियाका चारैजना पूर्वराष्ट्रपति या त जेलमा छन् वा जेल सजाय पाएका छन् । 
लीलाई पहिलोपटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ वर्ष सजाय तोकेको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि उनलाई जमानतमा रिहा गरिएको थियो । 

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वन अनियमितता र नौ अर्ब ४० करोड वनबराबर घुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो ।लीमाथि यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्नता रहेको आरोप लागेको छ । स्मरण रहोस्– लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुस स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको र उनले जेल सजाय भोगिरहेका छन् । 

पूर्वराष्ट्रपति तथा उदारवादी नेता रो मु ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उनले आत्महत्या गरेका थिए । रो वर्तमान राष्ट्रपति मुन जाय इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गर्थे ।