मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १३ बिहीबार ०७:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १३ बिहीबार ०७:३५:००

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा उपचाररत संक्रमित महिलाको गएराति उपचारको क्रममा ज्यान गुमेको निर्देशनालयले जानकारी दिएको हो । 

पोखरा महानगरपालिका– १३ की ३६ वर्षीया महिलाको उपचारको क्रममा बुधबार राति ११ बजे उपचारको क्रममा ज्यान गुमेको निर्देशनालयका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । 

निर्देशक डा. आचार्यका अनुसार ती महिलामा कोरोनासहित निमोनियालगायतका समस्या देखिएको थियो । उनलाई ५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसियू कक्षमा भर्ना गरी उपचार भइरहेको थियो । 

उनीसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या २० पुगेको छ । गण्डकी प्रदेशमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

गण्डकीमा बिहीबार बिहानसम्म संक्रमितको संख्या ६ हजार नौ सय ४५ पुगेको छ । चार हजार ६६ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८७ हजार एक सय २७ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।