मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी
२०७७ कार्तिक १२ बुधबार १७:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु, संक्रमितको संख्या ८० लाखनजिक 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक १२ बुधबार १७:२१:००

भारतमा विगत २४ घन्टामा कोरोना भाइरसबाट थप ४३ हजार आठ सय ९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख  ९० हजार पुगेको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार आठ सय तीनजना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । पछिल्लाे २४ घन्टामा पाँच सय आठजनाको संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा कोभिड– १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १०  पुगेको छ । 

मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । 

साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दरसमेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी विश्वमा प्रतिदश लाख जनसंख्यामा औसतमा एक सय ४३ जनाको मृत्यु भइरहेकाे छ । जसअन्तर्गत भारतमा ८४, रसियामा एक सय ६९, फ्रान्समा पाँच सय ११, बेलायतमा ६ सय ४४ र संयुक्त राज्य अमेरिकामा ६सय ६० जनाको मृत्यु भएको छ । 

भारतको महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा छ । यहाँ अझै पनि एक लाख ३२ हजार व्यक्ति सक्रिय संंक्रमित रहेका छन् ।  

यहाँ ४३ हजार चार सय ६३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ७८ हजार व्यक्ति निको भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म १० करोड ५४ लाख ८७ हजारको नमुना परीक्षण गरेको जनाएको छ । हिजो मात्रै १० लाख ६६ हजार सात सय ९६ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।