मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक १२ बुधबार १४:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दसैँँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १२ बुधबार १४:०७:००

दसैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण  देखिएपछि बाग्लुङको काठेखोला गाउँपालिका– ३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दसैँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमुना दिएका थिए ।

गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टिनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए । 

स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनी गाउँमा परिवारसँगै साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड– १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ ।

उनका अनुसार मंगलबार  साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यकबाहेकका काममा रोक लगाइएको छ ।