मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ११ मंगलबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारमा ज्यान गुमाएका यादवको परिवारलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार १८:१७:००

वैदेशिक रोजगारमा ज्यान गुमाएका सिराहा नगरपालिका– १५ बुधौराका एक परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

उक्त परिवारलाई वैदेशिक रोजगारमै कार्यरत रहेका सिराहा र धनुषाका युवाले आर्थिक सहयोग गरेका हुन् । 

उनीहरूले वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत ४० वर्षीय मुनेश्वर यादवको गत वैशाखमा मृत्यु भएको थियो । मृतक परिवारलाई ३१ हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेको हो ।

२७ महिने इनरजित, ५ वर्षीया राघनी, ७ वर्षीय ललित र १३ वर्षिया रिंकु गरी चार सन्तानको पालनपोषणको जिम्मेवारी उठाउँदै आएकी मृतक यादवका श्रीमती दुखनी देवीलाई उक्त रकम प्रदान गरिएको हो ।

कतारमा कार्यरत यादवले आत्महत्या गरेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकोले विदेशमा कार्यरत युवाहरूसँग सहयोग जुटाएर पठाएको साउदीमा कार्यरत सिराहा नगरपालिका– १५ बुधौराकै रवीन्द्रकुमार यादवले नयाँ पत्रिकालाई बताए ।