मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १९ आइतबार
  • Sunday, 02 May, 2021
एजेन्सी
२०७७ कार्तिक ११ मंगलबार १७:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँदिल्लीको वायु प्रदूषण चिन्ताजनक अवस्थामा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ११ मंगलबार १७:४१:००

भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली सहरको वायु अति प्रदूषित अवस्थामा पुगेको छ ।

दिल्ली प्रदूषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदूषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । 

रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द बिहारमा ३७७ र मुड्कामा ३६३ वायु गुणस्तर सूचक (एक्वुआई) रहेको समितिले जनाएको छ । 

यो सूचकले चारवटै ठाउँको अवस्था अति प्रदूषित देखाएको अधिकारीहरूले जनाएका छन् । 

वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदूषित, ३०१ देखि ४०० सम्म अति प्रदूषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बाेर्डले पनि नयाँदिल्लीको प्रदूषण नराम्रो दिशातर्फ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ 

प्रदूषण चिन्ताजक अवस्थामा पुग्न थालेपछि दिल्ली प्रदेश सरकारका वातावरणमन्त्री गोपाल राईले प्रदूषण न्यूनीकरणका लागि राजधानी क्षेत्रमा जनचेतनामूलक कार्यक्रम तत्काल सुरु गरिने घोषणा गरेका छन् ।  

सरकारी अधिकारीहरूले यसअघि गत शनिबार पनि नयाँदिल्लीको प्रदूषणको अवस्था नराम्रो हुँदै गएको जानकारी दिएका थिए । 

उनीहरूले त्यतिवेला नै वायु प्रदूषणको त्यतिवेलाको अवस्थामा आगामी दुई दिन अझ वृद्धि हुने पूर्वानुमान गरेका थिए । 

उनीहरूका अनुसार नयाँदिल्लीमा विशेष गरेर शनिबारको दिन र बेलुकाको समयमा अरू वेलाभन्दा बढी वायु प्रदूषण हुने गरेको पाइएको छ । 

नयाँदिल्ली विश्वकै धेरै प्रदूषित सहरको रूपमा चिनिँदै आएको छ । प्रदूषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ । 

तस्बिर : हिन्दुस्तान टाइम्सबाट