Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ११ मंगलबार १६:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : आज ३१ सय ६८ जना निको भए, पाँच सय ७० संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ११ मंगलबार १६:२८:००

पछिल्लो २४ घन्टामा ३१ सय ६८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

यो अवधिमा पाँच सय ७० नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका दुई सय ५२ जना छन् । 

सरकारले दसैँका वेला परीक्षण घटाएकाले नयाँ थपिने संक्रमितकाे संख्या घटेकाे हाे । पछिल्लो २४ घन्टामा जम्मा २७ सय २५ जनाको नमुना मात्र परीक्षण गरिएको थियो ।

आज थप भएकोसमेत देशभर हालसम्म एक लाख ६० हजार चार सयजना संक्रमित भइसकेका छन् । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या एक लाख १८ हजार आठ सय ४३ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये दुई सय ८१ जनाको आइसियू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।