Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ११ मंगलबार १५:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण संविधानसभाका पूर्वसदस्य चौधरीको  मृत्यु

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार १५:१८:००

नेकपाका नेता एवं संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ । सप्तरीकाे कञ्चनरूप नगरपालिका– ४ जगतपुरनिवासी ६२ वर्षीय चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसाे सवा एक बजे मृत्यु भएको हो ।

ज्वरोबाट पीडित चौधरीलाई श्वास–प्रश्वासमा  कठिनाइ भएपछि असोज  तेस्रो साता उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । कोसी अस्पतालमा २७ असाेजमा गरिएकाे पिसिआर परिक्षणमा आइतबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दासमेत सास फेर्न गाह्रो भएपछि गत २ कात्तिकमा थप उपचारका लागि उनलाई बिपी प्रतिष्ठान लगिएको थियो ।

सोही दिन उनकाे स्वाब संकलन गर्दा भाेलिपल्ट रिपोर्ट पजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको  छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताका अनुसार मंगलबार चौधरीको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो ।

चौधरीलाई कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका करिव ७ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा वसेका छन् । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए  ।चौधरी ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको  छ ।