१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय विभागद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यलाभको कामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३५:oo

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकाे स्वास्थ्यलाभकाे कामना गरेकाे छ ।

पार्टीकाे  अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई उनकाे स्वास्थ्यलाभको कामना गरेको हाे ।

भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी उनकी श्रीमती हिसिला यमीलाई कोभिड- १९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

साथै पत्रमा भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरूबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेकाे सम्बोधनको प्रशंसा पनि गरिएको छ ।

भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेका पत्रमा उल्लेख गरिएको छ ।

ad
ad