मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २६ मंगलबार
  • Tuesday, 12 October, 2021
२०७७ कार्तिक ११ मंगलबार १३:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय विभागद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यलाभको कामना

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार १३:३५:००

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकाे स्वास्थ्यलाभकाे कामना गरेकाे छ ।

पार्टीकाे  अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई उनकाे स्वास्थ्यलाभको कामना गरेको हाे ।

भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी उनकी श्रीमती हिसिला यमीलाई कोभिड- १९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

साथै पत्रमा भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरूबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेकाे सम्बोधनको प्रशंसा पनि गरिएको छ ।

भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेका पत्रमा उल्लेख गरिएको छ ।