मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ कार्तिक ११ मंगलबार ११:५५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा एक धार्मिक विद्यालयमा आक्रमण हुँदा सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ११ मंगलबार ११:५५:००

पाकिस्तानको पेसावरस्थित एक धार्मिक विद्यालयमा आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । 

पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दे बिबिसी विश्वसेवाले जनाएअनुसार उक्त धार्मिक विद्यालयमा कक्षा सञ्चालन भइरहेका वेला धमाका हुँदा उक्त हताहती भएको हो । 

विभिन्न उमेर समूहका विद्यार्थीको उक्त धमाकामा परी मृत्यु भएको छ । एक दर्जनभन्दा बढी घाइते भएको बिबिसीले प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै जनाएको छ । घटनास्थल पाकिस्तानको पेसावर सहरको उत्तरी क्षेत्रमा पर्दछ । 

यस आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । घटनाबारे अनुसन्धान थालिएको पाकिस्तानी प्रहरीले जनाएको छ । 

पेसावर सहर अफगानिस्तानको सीमानजिकैको सहर हो । पछिल्ला वर्षहरूमा यस सहरमा तालिवानी द्वन्द्वका क्रममा डरलाग्दा खालका घटनाहरू घट्ने गरेका छन् ।

६ वर्षअघि एक बन्दुकधारीले एक विद्यालयमा अन्धाधुन्ध आक्रमण गर्दा एक सय ५० विद्यार्थीको मृत्यु भएको थियो । त्यसमध्ये अधिकांश विद्यार्थी थिए ।