१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १० सोमबार १८:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : आज थप १७ सय ४१ जना संक्रमित, परीक्षण घटेपछि संक्रमित पनि घटे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १० सोमबार १८:२३:००

देशभर पछिल्लो २४ घन्टामा थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका आठ सय ९४ जना रहेका छन् । 

यो अवधिमा पाँच हजार ६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

दैनिक हुने गरेको पिसिआर परीक्षको तुलनामा यो अवधिमा निकै कमको परीक्षण भएको हो । परीक्षण घटेकाले संक्रमितको संख्या पनि कम भएको हो । 

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५९ हजार आठ सय ३० पुगेको छ ।

यो अवधिमा देशभरबाट चार हजार पाँचजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख १५ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

देशभर हाल ४३ हजार दुई सय ९३ जना सक्रिय संक्रमित छन् । 

संक्रमितमध्ये दुई सय ८५ जनाको आइसियूमा र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।