Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ कार्तिक १० सोमबार १८:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तरीमा शाैच गर्न भएकी किशोरी बलात्कृत, अर्की एकमाथि बलात्कारकाे प्रयास

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १० सोमबार १८:१०:००

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत भएकी छिन् । अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । 

सप्तरीको तिरहुत गाउँपालिकानिवासी १८ वर्षीया दलित किशोरी बलात्कृत भएकी हुन् । गत शनिबार राति करिब ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएका दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा लगेर बलात्कार गरेको पीडितले बताइन् । 

पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन् भने उनीसँगै गएकी अर्का किशोरी हस्याङ-फस्याङ गर्दै घरतर्फ आइरहेको अवस्था भेटिएको बताइन् ।

पीडित दुवै किशोरीकी आमाले सोमबार इलfका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।  

दुईजना किशोरीमध्ये एकजनालाई जबर्जस्ती करणी भएको र एकजनालाई प्रयास मात्रै भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए । 

घटनामा संलग्नमध्ये एकजना सुनिलकुमार साहलाई पक्राउ गरेर कारबाही अघि बढाइएको र घटनामा संलग्न थप अभियुक्तको खोजी भइरहेको डिएसपी सिंहले बताए । 

डिएसपी सिंहका अनुसार इप्रका कञ्चनपुरमा तीन महिनामा ६ वटा बलात्कारको घटना दर्ता भएका छन् । 

दलित सरोकार मञ्च नेपालका अध्यक्ष युक्तिलाल मरिक डोमले दलित समुदायका किशोरीको हत्या र बलात्कारको घटना बढेको बताए । प्रदेश २ मा दलितमाथि हत्या र बलात्कारका घटना बढिरहेको भन्दै यो समुदाय निरन्तर आन्दोलनरत छ ।