१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १० सोमबार १५:२९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना संक्रमण, चार जनाकाे निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १० सोमबार १५:२९:००

गण्डकी प्रदेशमा आज थप सय ५२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार सात सय ११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

संक्रमणबाट थप चारजनाको मृत्यु 
निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना संक्रमणबाट आज थप चारजनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आज बिहान २:३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैँडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका– १५ का ७८ वर्षीय महिलाको आइतबार राति ११:०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा– ५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९:१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।