मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १० सोमबार १२:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विजयादशमीलगायतका चाडले कोभिड– १९ लाई परास्त गर्न सकोस्  : प्रधानन्यायाधीश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १० सोमबार १२:१३:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोरोना भाइरसबाट संक्रमित सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सोमबार विज्ञप्तिमार्फत विजयादशमीको शुभकामना दिँदै प्रधानन्यायाधीश जबराले विजयादशमीलगायतका चाडपर्वले कोभिड– १९ लाई पराजित गर्ने शक्ति प्रदान गरून् भन्दै स्वस्थ रही खुसीका साथ पर्व मनाउनसमेत सम्पूर्ण हिन्दू नेपालीलाई आग्रह गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘शुभ–विजयादशमीलगायत आसन्न चाडपर्वहरूले हामी सबैमा कोभिड– १९ लाई पराजित गर्ने शक्ति वा क्षमता प्रदान गरून् भन्ने हार्दिक कामना गर्दछु । साथै, यस अवसरमा कोरोना भाइरसबाट संक्रमित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु । रोग संक्रमणको जोखिमका कारण विगत लामो समयदेखि आयोजना हुँदै आएको शुभकामना आदानप्रदान कार्यक्रमसमेत हुन नसकेको यस विषम परिस्थितिमा एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै स्वस्थ रही खुसीका साथ यी पर्वहरू मनाउन सबैमा हार्दिक अपिल गर्दछु । शुभविजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्वहरूको यहाँहरू सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

 

 

Please wait while image is uploading...