१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाै‌ं
२०७७ कार्तिक १० सोमबार १०:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै परिवारमा सीमित रहेर दसैँ मनाऔँ : मुख्यमन्त्री शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌ं
२०७७ कार्तिक १० सोमबार १०:३६:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दसैँ  मनाउन अपिल गरेका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले  यसपटक कोभिड– १९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वह? उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गरे । 

मुख्यमन्त्री शाहीले कोभिड– १९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताएका छन् ।  ‘आवश्यक संख्यामा प्रदेश र जिल्ला अस्पतालहरूमा भेन्टिलेटर र आसियू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायतका कामहरू भएका छन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नागरिकको जीवनरक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड संक्रमित बिरामीहरूको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।’

उनले नयाँ चुनौतीका रूपमा खडा भएको कोरोना संकटले विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरूप प्राप्त संघीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनाबद्ध रूपमा प्रदेश सरकार अगाडि बढिरहेको बताए ।  ‘संघीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरूसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार दृढ छ,’ जारी शुभकामना सन्देशमा उल्लेख छ ।