मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका म्याग्दी
२०७७ कार्तिक १० सोमबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
२०७७ कार्तिक १० सोमबार ०९:०७:००

म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईंले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

४२ वर्षीय ओमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए । शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ । घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् ।

राससका अनुसार स्थानीयवासीले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । 

म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ । गत आर्थिक वर्ष ०७६/७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १ सय ५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको कुँवरले बताए ।