मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १० सोमबार ०८:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित एक महिला र एक पुरुषको धरानमा निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १० सोमबार ०८:४७:००

कोरोना संक्रमित दुईजनाको धरानमा निधन भएको छ । 

कोरोना संक्रमित ६३ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको हो । 

निधन भएका ती पुरुष शनिश्चरे मोरङका बासिन्दा भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 
मृतक पहिलादेखि नै मधुमेहबाट पीडित रहेको उनले जानकारी दिए । 

१ कात्तिकमा उनमा कोरोना पोजेटिभ देखिएकोमा आइतबार राति १० बजे उनको निधन भएको हो । 

त्यसैगरी सोही अस्पतालमा उपचाररत अर्की ८३ वर्षीया कोरोना संक्रमित वृद्धाको पनि निधन भएको छ । 

धरानकी ती महिला उच्च रक्तचापबाट पीडित रहेको र उनमा आइतबार कोरोना पजिटिभ देखिएको थियो । 

ती वृद्धाको आइतबार राति ३ बजे निधन भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । 

मृतक दुवैजनाको शव नियमअनुसार व्यवस्थापन हुने उनले बताए ।