मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १० सोमबार ०८:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिलिजुली मनाउँ दसैँ : चेपाङ र बोटे समुदायलाई दसैँ मनाउन खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १० सोमबार ०८:५३:००

लमजुङका चेपाङ र बोटे समुदायलाई दसैँ मनाउन खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका १४ घरपरिवार चेपाङ र १६ घरपरिवार बोटे समुदायलाई खाद्यान्न वितरण गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीसहर नगरपालिका– ११ चिती बरबोटका १० घर र दोर्दी गाउँपालिका– ९ भीरकुनाका चार घर गरी १४ घरलाई परिवारलाई सहयोग गरेको हो । 

दसैँ मनाउन उनीहरूलाई सहयोग होस् भनी प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक–एक पोका नुन र सोयाबिन, एक लिटर तेल र एक पोका कुकिज सहयोग गरिएको हो । 

यस्तै, मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले बजारनजिकैको बोटेगाउँका बोटलाई पनि खाद्यान्न वितरण गरिएको छ । 

बोटे बस्तीमै पुगेर १६ घरपरिवारलाई लमजुङ उद्योग वाणिज्य संघको सहयोगमा जिल्ला प्रशासन कार्यालय लमजुङले दसैँको राहतस्वरूप खाद्य सामग्री वितरण गरेको हो ।

प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर तोरीको तेल, एक–एक पोका नुन र एक पोका सोयाबिन वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । 

उनले कोरोनाका कारण ज्यालादारी गरी दैनिकी गुजारेका चेपाङ र बोटे परिवारको रोजगारी गुमेको अवस्थामा नेपालीको महान् चाड दसैँ मनाउन केही राहत होस् भनेर सहयोग गरेको बताए ।