Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ कार्तिक ९ आइतबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना कहर : खुलेन तलेजु भवानीको मन्दिर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ कार्तिक ९ आइतबार ११:५८:००

यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन ।  काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना संक्रमण जोखिमकै कारण सर्वसाधारणका लागि खुला नगरिएको हो । 

यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने परम्परा छ । बडादसैँको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरूको भिड लाग्ने गर्छ । यसअघिका वर्षहरूमा नवमीका दिन दर्शनार्थीहरूले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । 

तर, कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको हो । नेपाल सरकारले पनि औपचारिक सूचना जारी गरी कुनै पनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोग लगाएको छ । 

तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरूले भने बन्द मन्दिरको मुल ढाेकामा पूजा गरिरहेको भेटियो । परम्परा र आस्थालाई संक्रमणको जोखिमले रोक्न सकेन । मनोकांक्षा, भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजा गर्ने चलन छ ।

नेपालभरि भएका देवी शक्ति मन्दिरहरूमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ ।