१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी काबुल
२०७७ कार्तिक ८ शनिबार २१:३६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलस्थित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फाेट, १३ को मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७७ कार्तिक ८ शनिबार २१:३६:००

अफगानिस्तानकाे राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फाेट हुँदा १३ जनाको मृत्यु भएको छ । 

घटनामा ३० जना घाइते भएका छन् । काबुलस्थित सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार उच्च शिक्षा प्रदान गर्दै आएको उक्त शैक्षिक संस्थामा शनिबार दिउँसो आत्मघाती बम विस्फाेट भएकाे थियाे ।  

सिया मुस्लिमहरूको बाहुल्य रहेको दस्त–ए–बर्ची नाम गरेको शैक्षिक संस्थामा सयौँ विद्यार्थी बस्ने गरेका थिए । सिएनएनका अनुसार कैयौँको अवस्था गम्भीर रहेको छ । त्यसैले मृत्युको संख्या बढ्ने अनुमान गरिएको छ । 

अहिलेसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर, अफगानिस्तानमा सक्रिय रहेको मुख्य आतंकवादी संगठन तालिवानले भने घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । 

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता तारिक अरैनलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार एकजना व्यक्ति बम लिएर उक्त भवनभित्र पस्न खोज्दा सुरक्षागार्डले रोक्न खाेजेका थिए । सुरक्षागार्डले रोक्न खाेज्दा  ती व्यक्तिले बम विस्फोट गराएका थिए । 

यसअघि गत मे २४ एकजना अज्ञात बुन्दकधारीले काबुलमा रहेको अस्पतालको प्रसूति वार्डमा गएर अन्धाधुन्ध गोली चलाउँदा २४ जना महिला र नवजात शिशुको मृत्यु भएको थियो । 

यो हप्ता मात्रै उत्तरी अफगानिस्तानको एउटा धार्मिक विद्यालयमा हवाई आक्रमणमा ११ जना बालबालिकाको मृत्यु भएको थियो ।