मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ८ शनिबार २०:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ मनाउन कैदीबन्दीलाई खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ८ शनिबार २०:५९:००

दसैँको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न वितरण गरिएको छ । 

बेसीसहर नगरपालिका– ३ निवासी हाल न्युजिल्यान्डमा रहेका समाजसेवी बुद्धिसागर घिमिरेको आर्थिक सहयोगमा बेसीसहरको लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न वितरण गरेको हो । 

क्लबका अध्यक्ष जुन तामाङका अनुसार कैदीबन्दीलाई २५ किलो चामल, दुई बोरा चिउरा, १५ लिटर तेल, एक बोरा भुजासँगै  मसला, कोकलगायतका १८ हजारबराबरको सामान कैदीबन्दीलाई उपहारस्वरूप प्रदान गरेको हो ।

 क्लबले विगतदेखि नै दसैँको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सामग्री सहयोग गर्दै आइरहको र यस वर्ष समाजसेवी बुद्धससागर घिमिरेले सहयोग गरेको अध्यक्ष तामाङको भनाइ छ । क्लबले खाद्यान्न प्रदान गरेसँगै कैदीबन्दीहरूले खुसी व्यक्त गरेका छन् । 

कारागारका जेलर विष्णुप्रसाद पौडेलले कैदीबन्दीलाई दसैँ खर्चका लागि खाद्यान्नलगायतका सामग्री क्लबले सहयोग गरेको बताए । उनले भने, ‘कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा तेब्बर छ । सरकारले प्रतिकैदीबन्दी तीन सय रुपैयाँ खर्च दिन्छ ।’

हाल कारागारमा ८१ जना कैदीबन्दी रहेका छन् जसमा ६ जना महिला र ७५ जना पुरुष रहेका छन्।