१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ कार्तिक ८ शनिबार १९:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पोल्यान्डका राष्ट्रपति डुडालाई कोरोना स‌ंक्रमण 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ८ शनिबार १९:०८:००

पोल्यान्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोरोना संक्रमण भएको छ । राष्ट्रपति डुडालाई संक्रमण भएको उनका प्रवक्ता ब्लाजेज स्पाइचाल्सीले शनिबार जानकारी गराएका छन् । 

प्रवक्ता स्पाइचाल्स्कीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  

राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड– १९ को संक्रमण पुष्टि भएको हो ।  संक्रमणपछि डुडा र उनको कार्यालयका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । 

 पोल्यान्डमा दुई लाख ४१ हजार नौ सय ४६ व्यक्तिमा संक्रमण देखिएको छ । अहिलेसम्म चार हजार तीन सय ५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।