१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ कार्तिक ८ शनिबार १८:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

घानामा चर्चकाे ६ तले भवन भत्किँदा २२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ८ शनिबार १८:४५:००

घानामा चर्चको ६ तले भवन भत्कँदा शुक्रबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । 

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परेर कैयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।  

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरूको संख्या अझै धेरै हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । 

घटना भएका वेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चारमाध्यमले संप्रेषण गरेका छन् ।