Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ८ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा खुल्यो क्याटगोरी ए क्लासको ल्याब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ८ शनिबार १६:४१:००

देशमा कोरोना संक्रमण उच्च देखिइरहेका वेला प्रदेश एकमा ए क्याटगोरीको परीक्षण ल्याब खुलेको छ ।

विराटनगरमा करिब ५ करोड रुपैयाँको लगानीमा वी स्योर प्याथ ल्याब एन्ड डायग्नाेसिस सेन्टर सञ्चालनमा आएको हो । 

ल्याब बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जनाइएको छ । 

ल्याबमा कोभिड– १९ का पिसिआर र आरडिटी परीक्षण हुनेछ । त्यसैगरी रगत, दिसा, पिसाब, खकारलगायतका चाँज हुने जनाइएको छ । 

यस ल्याब स्थापनामा महेश जाजु, प्रकाश मुन्दडा, नवीन रिजाल, अनिल साहले पाँच करोड लगानी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस ल्याबबाट दैनिक एक हजारभन्दा बढी परीक्षण गर्ने क्षमता रहेको छ भने पाँच घन्टामै रिपोर्ट दिन सक्ने क्षमता रहेको जनाइएको छ ।