१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ कार्तिक ८ शनिबार १५:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना कहर : हाँसको व्यापारमा पनि असर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ कार्तिक ८ शनिबार १५:१६:००

कोभिड संक्रमणको जोखिमका कारण यसपटकको दसैँमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहक नआएकाले व्यापार कम भएको व्यापारीहरूले बताए ।

 वीरगन्जदेखि काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताए ।  गत वर्ष एक सय ५० भन्दा बढी हाँस बिक्री गरेका साहले यसपटक २०–२५ वटासम्म पनि बिक्री गर्न नसकेको बताए ।  

हाँस नै बिक्री गर्न नसकेपछि दसैँ मनाउनसमेत समस्या हुने उनको भनाइ छ । आफूले ल्याएका सबै हाँस कम मूल्यमा बिक्री गरेर भए पनि दसैँ मनाउन वीरगन्ज फर्किनुपर्ने बाध्यता भएको पनि साहले सुनाए । 

यस वर्ष हाँसको मूल्य पनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य आठ सयदेखि एक हजार रुपैयाँसम्म रहेको थियो । तर, यस वर्ष एउटा हाँसको मूल्य एक हजार तीन सय रुपैयाँभन्दा माथि छ । त्यसैले पनि हाँस बिक्री नभएको हुन सक्छ ।

यस्तै, काठमाडौं उपत्यकामा दसैँमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँसको खोज्ने प्रचलन रहेको छ । त्यसैले पनि दसैँको वेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर, यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपक्षीको व्यापार कम भएको छ ।