Read Time : < 1 मिनेट
२०७७ कार्तिक ८ शनिबार १३:२४:००
कोरोना संक्रमित पाँच महिनाकी बालिकाको निधन भएको छ ।
धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनको निधन भएको अस्पतालका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
सुन्दरहरैँचा मोरङकी ती बालिकालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै कोभिड अस्पतालमा रिफर गरेको थियो ।
ती बालिकामा मस्तिष्कसम्बन्धी समस्या रहेको डा. श्रेष्ठले जानकारी दिए । उनमा शुक्रबार कोरोना पजिटिभ देखिएको थियो ।
शवको नियमअनुसार व्यवस्थापन हुँदै गरेको अस्पतालले जनाएको छ ।