मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ८ शनिबार ११:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाँकेमा थप एक काेराेना संक्रमितको निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ८ शनिबार ११:०४:००

बाँकेमा थप एक कोरोना संक्रमितको निधन भएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार राति निधन भएको हो । 

नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

श्वास–प्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई २६ असोजमा अस्पताल भर्ना गरिएको थियो । भर्ना गरेलगत्तै उनमा कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ । राससका अनुसार नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट निधन हुनेको संख्या ३० पुगेको छ ।