Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार १५:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै पार्टीका कमरेडको हत्या गर्नेमाथि कारबाही गर्न नेता नेपालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार १५:५८:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताको झडपमा मृत्यु भएका पर्सा विन्दवासिनी गाउँपालिकाका नेकपाका सचिव मुकेश चौरसियाको हत्यारामाथि कडा कारबाही गर्न नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालले माग गरेका छन् । 

बिहीबार शपथग्रहण भइरहेको कार्यक्रममा नेकपाकै अर्काे समूहले आक्रमण गर्दा चौरसिया घाइते भएका थिए भने उनको शुक्रबार मृत्यु भएको थियो । 

नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत मृतक चौरसियामाथि आक्रमण गर्ने जो कोही भए पनि कडा कारबाहीको माग गरेका हुन् । 

उनले लेखेका छन्, ‘पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने–गराउने व्यक्ति एवं समूह जुनसुकै आवरणमा बसेको भए पनि त्यस्ता आपराधिक व्यक्ति एवं समूहको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकार तथा सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँछु ।’